ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
सर्लाही | बैशाख ७, २०८०
सर्लाही: सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्र. २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालक एवं पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले हो ।
सनाखत हुन नसकेको मृतक द्वय पुरुषको शव पोस्टमार्टमका लागि सदरमुकाम मलङ्गवा पठाउने तयारी भइरहेको लालबन्दीका प्रहरी नायव उपरीक्षक शान्त राम कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक लालबन्दी प्रहरीको नियन्त्रणमा छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

